|
|
|
|
मेरो टोपी कविताले लगाउँछ --मञ्जुल मेरो टोपी कहिलेकाहीँ दराजले लगाउँछ कहिलेकाहीँ बाकसले
कहिलेकाहीँ गलैँचाले लगाउँछ कहिलेकाहीँ गिटारले
कहिलेकाहीँ कुर्सीले लगाउँछ कहिलेकाहीँ पर्खालले
मेरो टोपी कहिलेकाहीँ मेरो कविताले लगाउँछ।
म चाहन्छु मेरो टोपी आकाशले लगाओस् सारा नीलिमाले, बहिरहने बतासले लगाओस्।
यस्तो सोचिरहेका बेला मेरो टोपी कि त मेरी सानी छोरीले लगाइरहेकी हुन्छे कि घरको अँध्यारो कुनाले
कसैले वास्ता नगरिएको मिल्किएको घरको कुनाले.....। ******
|