|
|
|
|
कुकुर, मान्छे इत्यादि....... --मोहन सुवेदी मान्छेहरू आउँदै छन् जाँदै छन् कोही बजारतिर कोही घरतिर
सडकको एक किनारमा थुपारेको बालुवामाथि सुतिरहेछ एउटा लुते कुकुर निकालिएको लामो जिब्रोबाट र्याल चुहाउँदै
मान्छेहरू आउँदै छन् जाँदै छन् दिशाहीन
कसैले हेरेका छैनन् कसैको अनुहारतिर के हेर्नु छ बित्थामा नभएको आपद् किन बेहोर्नु छ
जुरुम्म भेला भए एक हूल मानिस केही कुरा गर्दै छन् आपसमा प्रसङ्ग केही त छ - रोटी, नुन, दाल, चामल, गणतन्त्र, निर्वाचन, विज्ञान, दर्शन, फेरि कपडा र तनखा
त्यो लुते कुकुर चाट्दै छ आफ्नो आङ मानिसहरू त्यत्तिकै गर्दै छन् ओहोरदोहोर..... भारतीय जीवनबीमा निगम, होजाई, असम।
|