Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

हामी

--रोहित गौतम

 

थियौँ हामी इतिहासका अक्षत गौरव

कालको परीक्षामा पतनको रस्सी समातेर

वारिपारि महाजीवनको विध्वस्त प्रान्तमा

उन्मादकालको कर्कश स्वर

हाहाकार र आत्माको छटपटाहटमा

स्खलनको महाभार काँधमा लागेर

रिक्त अपेक्षित खडा छौँ चौबाटोमा

मूकदर्शक बनीबनी

आफ्नै मृत्युलीला रचेर

 

फेरि पनि श्मशान हृदयमा

आकाशका उदारता र ब्रह्माण्डको प्रज्ञा खोज्दै

गगनमा महल बनाउने सपना सजाउँदै

मानिसका आकाङ्‌क्षाहरूको गलैँचामा

आफ्नो जुत्ताको धूलो फ्याँकेर

सायद यही धुनमा

कि हामी बनाउनेछौँ

नयाँ पृथ्वी, स्वर्गका निराजनाले सजाएर

मानवताको नदीमा नुहाएर

आउने इतिहासका लागि

किनकि हामी नरहे पनि

इतिहास सदैव रहनेछ

सबै थोक भन्न र देख्‍न

यो धरतीमा,

त्यसैले त पतनको खाडलमा पनि हामी

आउने इतिहासका गौरव हौँ

निरन्तर.............निरन्तर..............।।

 

 rohitdudhnai@yahoo.co.in