|
|
|
|
गजल --चेतन अन्जान फूल राम्रो थियो पात भन्दा पनि ओठ रोजेँ त्यही पातभन्दा पनि।
केश लामो टीका चम्किलो देखियो लोभ लाग्दा चुरा हातभन्दा पनि।
धेर बोल्यो भने हुन्छ धोका कुनै मौन होला मिठो बातभन्दा पनि।
हुन्छ ठूलो त्यही छैन स्वार्थी भने काम राम्रो भए जातभन्दा पनि।
नाम राखौँ यहाँ काम राम्रो गरी रोज मान्छे कुनै ताँतभन्दा पनि।
लाग्छ प्यारो सधैँ भेट हाम्रो हुँदा सोच साँच्चै तिमी घातभन्दा पनि।
धुसेनी - २ सिँगलप्पा, इलाम।
|