Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

जबसम्म

                       --जयन्ता पोखरेल

म शीत हुँदा

तिमी रात हुनुपर्छ

म रात हुँदा

तिमी पारिजात हुनुपर्छ

म दिन हुँदा

तिमी जून हुनुपर्छ

म आँधी हुँदा

तिमी धूलो हुनुपर्छ

म धूलो हुँदा

तिमी पानी हुनुपर्छ

तिमी मैदान पसारिँदा

म पहाड अग्लिनुपर्छ

म सिद्धान्तमा आफूलाई

तेन्जिङ मानिरहन्छु

जबसम्म

तिम्रो उज्यालाले

मेरो अँध्यारालाई काट्दैन।

 

विराटनगर

(मेरो अर्थमा-बाट)