|
|
|
|
साक्षात्कारः तीतो स्पर्श --पञ्च विस्मृत उसले मलाई भर्खरै मात्र तीतो स्पर्श गरेर गयो अब त केवल उसका स्पर्शका डामहरू बाँकी छन् उसले मसम्म हिँडेका पाइलाहरू बाँकी छन्।
रङ्गीन बिहानीका सुनौला आभामा रम्ने, हाँस्ने, नाच्ने मेरा आफ्नै मान्छेहरू के अब मेरा साहित्यदर्पणमा मात्र देखिन्छन् त ? 'पराई' र 'आफन्त'को शाब्दिक अर्थ खोजिरहेछु शब्दकोशका पाना पल्टाउँदै।
'ऊ' अर्थात् 'दुःख...........' यो त मलाई राम्ररी नै थाहा छ किनकि उसको र मेरो सधैँ-सधैँ हुने गरेको छ असामयिक साक्षात्कार।
आखिर किन होला मानवमा मानवीय भावना छैन। छिः मानव-समवेदनाविहीन आत्माहरू।
(नदेखिएको आकाशबाट)
|