Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

रुबाई

                                                   --प्रकाश आङ्‍देम्बे

1

कमिला यत्र-तत्र, हात्ती सिक्रीमा छ

असीमित चाहनाहरू दिनरात फिक्रीमा छ

आउनुहोस् सस्तोमा मिलाएर लानुहोस्

आजभोलि यो ज्यान पनि बिक्रीमा छ।

2

आऊ प्रिय प्रेम दिगो पार्न मिलन हाम्रो मन्द छ

यौवनको खेल खेलौँ क्यार नशा नै नशाको गन्ध छ

श्रीमतीले हात झड्कारिन्, थप्पड हानिन् र भनिन्

''सावधान, सम्भव छैन किनकि आज नेपाल बन्द छ।

 

दमक

('ग्यास च्याम्बरमा बुद्ध'बाट)