Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


गजल

--घनेन्द्र ओझा

 

परे मर्छु भोकले म दास बाँच्न सक्दिनँ

म खोज्छु मूल्य कामको म लास बाँच्न सक्दिनँ।

 

उठौँ नि हातहातमा लिएर एक काममा

बिहान-बेलुकी सधैँ म आस बाँच्न सक्दिनँ।

 

स्वतन्त्रता त भोगको हुनेछ निम्ति भन्दथे

परेर पिँजडा कठै म खास बाँच्न सक्दिनँ।

 

बनेन कानुनै तथा बनेन संविधान नै

दुःखी सधैँ छ दुःखमै म भास बाँच्न सक्दिनँ।

 

बसेर रक्तभेलमा म सक्छु ज्यून के गरी

सहेर पीर दुष्टको म पास बाँच्न सक्दिनँ।

 

³

शनिश्चरे ९, मोरङ।