|
|
|
|
|
|
गजल रवि वाग्ले कुमारी किरणले, लोभ्यायौ तिमीले उज्यालो देखाई झुक्यायौ तिमीले
बैजनी ओठले चुमेर मलाई, बिहानी प्रहर पठायौ तिमीले
चराको बयान, उडेको क्षितिजमा चराकै जुलुस देखायौ तिमीले
प्रेमका गीतले, स्पर्श गराई अमर कहानी सुनायौ तिमीले
ब्यूँझियो पूर्णिमा, आकाशको जूनसँगै जूनजस्तै माया लगायौ तिमीले।
विराटनगर।
|