Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


गजल

 

तुफान

नसहेका चोटहरू गजलमा हराए

सहेका चाहिँ धेरै-धेरैले मन पराए

 

कहिले सन्की कहिले पागल बनेँ

कहिले बाटो-बाटोमा एक्लै-एक्लै कराएँ

 

कुन चोट थिएन होला नरोएको

हर आँसुमा तिमीलाई अलग पाएँ

 

सहारा खोज्थेँ, तिमी दूरी खोज्थ्यौ

जान्दिनौ तिमी के सोचेर मन बुझाएँ

 

जिन्दगी तिमीलाई गुलाफको बिस्तरा होस्

जस्तो थिएँ आखिर उस्तैमै सुहाएँ

 

·     

सौराहा, चितवन

hawa_ko_jhoka@yahoo.com