Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


गजल

--ज्योतिकिरण

 

पीपलका पातमा पनि गजल लेख्छन् मान्छेहरू

कैले आफ्नै हातमा पनि गजल लेख्छन् मान्छेहरू

 

पिएर त गजल लेख्छन् पिउनु पनि पीडा नै हो

नपिएरै मातमा पनि गजल लेख्छन् मान्छेहरू

 

अचानक केके हुन्छ तर्सिएर स्वप्नबीच

बिउँझिएर रातमा पनि गजल लेख्छन् मान्छेहरू

 

हातमा लेख्छन्, पातमा लेख्छन् रातमै लेख्छन् लेख्दालेख्दै

मीठा-मीठा बातमा पनि गजल लेख्छन् मान्छेहरू

 

२०४१ वैशाख १५ मा ताप्लेजुङमा जन्मिएका ज्योतिकिरण हाल चारआली झापामा बसोबास गर्नुहुन्छ। कथा, कविता, गजल आदि विधामा कलम चलाउने श्री किरण जिल्ला गजलमञ्च झापाका सचिव हुनुहुन्छ। उहाँ नेपाली गणतान्त्रिक अभियानका संयोजक पनि हुनुहुन्छ र सुपरस्टार इन्टरनेसनलसँग पनि सम्बन्धित हुनुहुन्छ। सम्पर्क फोनः 023-561324, 023-561029