|
|
|
|
गजल
--राजेन्द्र भण्डारी 'शिरिष' आगोलाई सम्हाल्नुपर्छ माटो हाम्रो सजाउन शान्ति दिप बाल्नुपर्छ माटो हाम्रो सजाउन ।
सुरक्षित राजधानी सहरमा मात्र हैन गाउँबेसी चाल्नु पर्छ माटो हाम्रो सजाउन ।
भल भल रगतको बाढीले सिँचेर हैन पसिनाले गाल्नुपर्छ माटो हाम्रो सजाउन ।
मेरो शक्ति मेरै भक्ति भनी बस्ने अभिमानी खम्बाहरु ढाल्नुपर्छ माटो हाम्रो सजाउन ।
पैसा निम्ति ईमान बेच्ने राष्ट्रघाती भ्रष्टहरू आजै जेल हाल्नुपर्छ माटो हाम्रो सजाउन ।
पर भर पर्न हुन्न मिलिजुलि आजैदेखि कर्मज्योति बाल्नु पर्छ माटो हाम्रो सजाउन ।
आपसमा लुछाचुँडी नगरेर हृदयमा देशभक्ति पाल्नुपर्छ माटो हाम्रो सजाउन ।
रुपन्देही, हाल इराक। |
|
|
रुपन्देही जिल्लामा घर भई हाल इराकमा कार्यरत श्री राजेन्द्र भण्डारी 'शिरिष' साहित्यमा गहिरो अभिरुचि राख्नु हुन्छ। उहाँ गजल सृजना गर्न असाध्यै मन पराउनुहुन्छ। |