Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

 

मेरो टु डू लिष्ट

पवन आलोक

 

जीवनको उत्तर्रार्द्धमा

आइपुगेपछि

जीवनको यो मोडमा

पाइला टेकेपछि

लाग्छ

जिन्दगी बल्ल यो सुरु गरिएछ

यत्तिका वर्षरू अर्थहीन बितेछन् ।

 

मेरो टु डू लिष्ट

लम्बिदैँ जाँदो छ

घट्छ कम

बढ्छ धेरै

कामै काम

कति काम

घट्दैन, झन् लम्बिन्छ

हरेक नयाँ वर्षा

पुरानो वर्षा बाँकी बक्यौता लिष्टहरू

पुनरावलोकन गर्दै

नयाँ प्रतिबद्धताहरू, चाहनाहरू

थपिदाँ छन्

समय भड्किन थालिसक्यो, मृत्यु नजिक आइसक्यो

केही गर्न सकेको छैन

यो देशको लागि,

मानव समाजको लागि

सदा पराजित हुँदै आएको छु

म आफैँसँग

आफ्नै विरुद्ध युद्ध गरिरहेछु म

जीवनको मूल्य खोज्दा-खोज्दै, जीवनलाई बुझ्दा-बुझ्दै

ढिलो भइसकेछ

धेरै छैन समय बाँकी

तर पनि लाग्छ-ढिलो भएको छैन अझै पनि

केही गर्नै पर्छ

दुई चार इँटा थप्नै पर्छ

जति बाँच्छौँ हामी

बाँचौँ अर्थपूर्ण जीवन !