Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

 

गजल

प्रकाश आङ्देम्बे

कलम कवि आवाज मरे लाटो के’का लागि

मान्छे सवै म-यौ भने माटो के’का लागि।

 

आस्था, प्रेम विश्वासका घरहरू सबै जले

जाबो खर बाँसको भाटो के’का लागि।

 

आपसी मनका नाता जति सबै भत्काई जाबो

देखाउन खनिएको बाटो के’का लागि।

 

तिमी खुल, म खुल्छु, आऔँ हामी सबै खुलौँ

आपसमा सन्त्रासको गाँठो के’का लागि ।