Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

 

      साहित्यसृजनामा लागिपर्ने नयाँ सर्जकहरूले केही पुराना र नाम चलेका समकालीन वा अघिल्लो पुस्ताका सर्जकहरूलाई आस्थाको विन्दु बनाएका हुन्छन्। तिनकै प्रभाव र प्रेरणाले नयाँ सर्जकहरूलाई ऊर्जा प्रदान गर्दछ। आफ्ना आस्थाका विन्दुहरू सशक्त सर्जक, उच्च नैतिक चरित्रका र नयाँ पुस्तालाई मार्गदर्शन दिने हुन् भन्ने विश्वास नयाँ सर्जकहरूलाई रहेको हुन्छ।

      अब घनिष्टता बढ्दै जाँदा वा चिनापर्चीका नयाँ पाटाहरू खुल्दै जाँदा आस्थाका विन्दुहरूप्रतिको आस्था ढल्ने क्रम सुरू हुन्छ। सर्जकमा देखिएको नैतिक विचलन र व्यक्तिगत अनि सामाजिक व्यवहार यसका कारक तत्त्वहरू हुन्। साहित्यप्रेमीले पनि यस्तै आफ्ना आस्था ढलेको अनुभव प्रशस्तै गर्छन् जसको अनुभव स्वयम् स्तम्भकारलाई नै छ।

      प्रश्न उठ्छ साहित्यकारको निजी जीवन हुँदैन त? अवश्य हुन्छ तर साहित्यकार भइसकेपछि ऊ समाज, राष्ट्र र सिङ्गो विश्वकै गौरव हुन पुग्छ। यस्ता गौरव वा आस्थाका विन्दुहरूले आफ्ना पाठक, आफ्नो समाज र राष्टप्रति उच्च नैतिक मूल्य, सामाजिक व्यवहार र उन्नत व्यक्तिगत चरित्रको सम्प्रेषण गर्नैपर्छ।

                                                                 प्रधान सम्पादक