|
गीत
-सुमन पोखरेल
डुवेर यो संसार तलाउमा
पुरिएको छु स्वमोहको लेउमा
कसरी भनूँ म भक्त हुँ तेरो
मेरो भगवान्, मेरोर ईश्वर !
न छ पौरख केही मेरो बाहुको
न अर्थ कुनै मेरो नाउँको
त्यसैत्यसै दिन बित्या छ
कसरी आऊँ म तेरो छेउमा
मेरो भगवान्, मेरो ईश्वर !
न लिन सकेँ दुःख दीनहरूको
न सुमसुम्याएँ घाउ आर्तहरूको
आडम्बरको स्वार्थभक्तिले
कसरी राखूँ शिर तेरो पाउमा
मेरो भगवान्, मेरो ईश्वर !
|