Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


झण्डासँग
                                                                    टङ्क उप्रेती

मेरो निपमा
रसाएको छ
बलिदानको जिउँदो रगत

म बगाउन चाहन्छु
निपको किनारैकिनार
एउटा नीलो खोला

म बाँच्न चाहन्छु
अनन्तअनन्तसम्म
फहराइरहेको
झन्डासँग ।
 

  टङ्क उप्रेती
प्रकाशित कृतिहरूः 1. गजुर पग्लिएर 2. शब्दहरूको नेपथ्य 3. अनुभूतिका अक्षरहरू
सम्प्रतिः नेपाल टेलिभिजन।