Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

शुभकामनाः त्यो प्रमोदित दिलप्रति

--पञ्च विस्मृत

 

निर्जन निस्तब्ध जङ्गलमाझ

भावशून्य चेहरामा

खै ! किन हो सुसेल्न लाग्दा

सुनेँ- तिम्रै विवाहको

बाजा बजिरहेको ।

 

एउटा असहाय पुष्प

अनावृत अनुहार लिएर

गहभरि आँसु पार्दै रुँदा

खै ! किन हो

मेरै नयनबाट भेल बगेको ।

 

अब त बाँकी यति नै छ

त्यो प्रमोदित दिलप्रति

सुख-समृद्धि एवम् प्रगतिका

शुभकामनाहरू.......।