Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

रूखको लक्ष्य

 

--विप्लव ढकाल

 

रूखलाई एक्लै छाडेर

म हिँडेको थिएँ यो जङ्गलबाट !

धेरै वर्षछि म फर्किँदा

रूख त्यसरी नै उभिएको थियो !

 

अब तिम्रो सट्टामा

म उभिन्छु यो जङ्गलमा

तिमी कतै घुमेर आऊ !'

मैले विनम्र अनुरोध गरेँ ।

 

रूख मुस्कुरायो र भन्यो -

छोरा ! तिम्रो आगमनसँगै

म आफ्नो लक्ष्यको

अन्तिम उचाइमा आइपुगेको छु !'