|
|
|
|
सप्ताहान्तको साँझ वसन्त नेपाली सप्ताहान्तको साँझ एक्लै आउँछ, गुलुपबाट मधुरो पहेँलो उदासी निस्कन्छ र मेरो अनुहारमा पोतिन्छ, ऊ मलाई गिजोल्छ, चिथोर्छ र निचोर्छ अनि एक्लोपनका अनगिन्ती माउसुलीहरू बनेर रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ, सप्ताहान्तको साँझ एक्लै आउँछ।
हालः चुबु विश्वविद्यालय, जापान
|