|
|
|
|
गजल पी. एस. लिम्बू "निश्चल"
हिमालझैँ चुलिएर नभ छुन पाए हुन्थ्यो, एकान्तमा टोलाएर एक्लै रुन पाए हुन्थ्यो ।
दुःख पीडा जीवनमा भोग्ने जति भोगिसकेँ, तनावबाट अबचाहिँ मुक्त हुन पाए हुन्थ्यो ।
अँध्यारो छ चारैतिर विश्वासको दियो निभी, जन्मोत्सवको उपहारमा जून पाए हुन्थ्यो ।
हाँसो के हो खुसी के हो कल्पनैमा सीमित भए, हराएका ती हाँसो खुसी पुनः पाए हुन्थ्यो ।
तिरस्कार छ "निश्चल" लाई छैन आफ्नोपन, माया पाउन सबैबाट शिशु हुन पाए हुन्थ्यो ।
सुनसरी, नेपाल हालः दुबई
|