|
|
|
|
जब फुले आगो भएर फूलहरू -प्रमोद स्नेही
जलिरहेको मदरसा नमाज पढिरहेका बालकहरू निरङ्कुश समयले पनि जलाउन सकेको छैन पवित्र कुरानलाई अझै ।
कालो धुवाँले छोपिएको वीभत्स बिहानीमा बालकहरूभित्र आक्रोशको सूर्य उदाइरहेछ । पाइलैपिच्छेको विद्रोहलाई बालकहरू हरेक बमबारुदहरूलाई फूलको वर्षा स्वीकार गरिरहेका छन् ।
र साहसको सगरमाथा उक्लिरहेछन् । बालकहरूभित्र विद्रोहको नदी बगिरहेछ चेतनाको ज्वालामुखी फुटिरहेछ निरन्तर ।
बालकहरूको कोमलहृदयमा हिजो भविष्यका सुन्दर फूलहरू फुल्थे र आज फुलिरहेछन् आक्रोशका फूलहरू, आगाका फूलहरू ।
|