Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


        गीत

                          -विनीता देवान राई

 

भुलिदेऊ, अब माटोलाई अँगाल्दै छु

बिर्सिदेऊ, अब धरतीमा गुन्गुनाउन थालेँ

 

सधैँभरि साथ दिने वाचा झुटो भयो

रहेन ज्यान मेरो दैवले नै हात लियो

सपना एउटै थियो सँगै बाँच्ने, सँगै मर्ने

हामी भयौँ आज न्याउलीको कथा बोक्ने

 

पापी रहेछ त्यो समय धड्कन मेरो खोसी लग्यो

सारा संसार मेरै भन्थेँ खाली हात पारिछाड्यो

तिम्रो साथ छुट्यो, आफन्त पनि छुटाइदियो

निठुरी समयले जतासुकै आफन्तलाई रुवाइदियो

                                              -इटहरी-