|
|
|
|
आयाम -- गीता पन्थ
कालो समयले यतिबेला अजिङ्गर बनी मुख खोलिरहेछ प्रतीक्षित अनमोल स्वप्न-पलहरू कावा खाइरहेछन्, शून्यशून्य भाव आकाशमा पीडाबोध हुर्किइरहेछ,
गहिरिँदै गएको यो रातमा आँखा साउने झरी बन्दा पनि मन ह्वार्ह्वार्ती बलिरहेछ गाह्रो छ, आफ्नै अस्तित्व स्विकार्न सधैँ-सधैँ पराजित संस्कार थाम्न माछो-माछो भ्यागुतो इतिहास ज्यूँदो छ लावारिस पल्टिरहेछन् सायद अहिले प्रेमानुभूतिका ज्यूँदा ताजमहलहरू घाउ चर्किएको बेला, भो भैहाल्यो नगाऊँ क्यारे सोरठी पनि बाटो अलपत्र पर्दा भैहाल्यो, नटेकौँ क्यारे अविश्रान्त भीष्म लक्ष्यका पथहरूमा विवेक पराजित पिरामिड चुलिइरहेका बेला निषेधित समय आकाशको परिवृत्तभित्र अनाथ कोपिलाहरू बलात्कृत श्राप भोगिरहँदा अट्टहासमा मग्न देखिन्छन्।
|