|
|
|
|
गजल -खगेन्द्र गिरी 'कोपिला'
कसैको भाग्यमा पीडा कसैको मुस्कान छ अचम्म अनौठो समय यो वर्तमान छ ।
सस्तो छ झगडा, व्यापक छन् विवादहरू दुर्लभ किन्तु समस्याको समाधान छ ।
जङ्गलमा मान्छे सहरमा जनावर पसे बेघर त आजभोलि यहाँ भगवान् छ ।
बेइमानको देखिन्छ वाहवाही जताततै इमान्दारको भने यहाँ अपमान छ ।
संसार स्वर्ग होला भनी नठान अहिल्यै शकुनिहरूको राज अझै विद्यमान छ ।
कलमको दिन पनि आउनेछ जरुर नसोच्नू सधैँ खुकुरी नै बलवान् छ । -नेपालगन्ज
|