Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


   गजल

                       -ऋषिराम पाण्डेय

इमानको बेचबिखन चल्छ सहरमा

विश्वासको पर्खाल नै ढल्छ सहरमा

 

अरूलाई उज्यालो छर्दै हिँड्ने मान्छे

आहतको रापले जल्छ सहरमा

 

भ्रातृत्वको भावना छैन कतै पनि

आफ्नालाई आफ्नैले छल्छ सहरमा

 

कुशासन, व्यभिचार फस्टाउँछन् यहाँ

अन्यायको खेती सधैँ फल्छ सहरमा

                            -आलमदेवी-, स्याङ्जा