Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


लघुकथा

मान्छेको खोजी

-श्रीधर शर्मा

 

       सडकको बीचमा दुई पागल एक-अर्कालाई देखेर खूब हाँसे दुवै मन्दिरतर्फ लागे मन्दिरलाई हेरेर दुवैजना फेरि मजासँग हाँसे, अनि दुवै मस्जिदतर्फ बढे त्यहाँ पुगी दुवैजना पहिले मुसुक्क हाँसे अनि दुवैले निधार खुम्च्याए त्यसपछि चर्च भएतिर उनीहरूले पाइला बढाए चर्चको अवलोकन गरी केही बेरसम्म चूपचाप बसे अनि धुरुधुरु रोए रुँदै-रुँदै उनीहरू सिंहदरबार गेटसम्म पुगे अनि झगडा गर्न थाले झगडा समाप्त भएपछि एउटा पागलले अर्को पागललाई सोध्यो- भाइ !  तिमी कसलाई खोजिरहेका छौ ? दोस्रोले जवाफ दियो- ' ईश्वरलाई खोजिरहेको छु ' दोस्रोले पहिलोलाई सोध्यो- 'होइन, तिमी चैँ कसलाई खोज्दैछौ ?' दोस्रोले भन्यो अलि नजिक आऊ, कसैले सुन्ला दुबै नजिक भए तब उसले कानमा सुटुक्क भन्यो- 'भाइ ! मान्छेलाई खोजिरहेको छु ' फेरि दुवैजना पेट मिचिमिची हाँस्न थाले .....

 

इटहरी