Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


गजल

      --मिजास तेम्बे,

सबैले लेख्छन्, पिउँदाको गजल

खोइ दमनमा जिउँदाको गजल

 

भारदारहरू अल्झिइरहे स्तुतिमा ,

छैन स्वभिमान सिउँदाको गजल

 

बहकिनु मात्र हुन्न चाहिँदो रै ,

यी दसनङ्ग्रा खियाउँदाको गजल

 

मौन बस्ता हेप्छन् अझ, बोल अब

साँचो सत्य चियादाको गजल

 

बोल्न थालौँ, लेख् थालौँ, गाउन थालौँ

बिहानी अर्कै ल्याउँदाको गजल

 

गजल

 

मागे जति सबै दिएँ, खाली भएँ

कसले गर्यो बेइमानी यहाँ, जाली भएँ

 

कुरा गर्छन् सबै साथी उन्नतिका

दर्शकमाझ फगत यौटा ताली भएँ

 

माटोसँग कर्म गर्छु, धर्म गर्छु

आफैँभित्र खिइरहने फाली भएँ

 

कुरो हुन्छ चार जात छत्तीस वर्ण

बिनाफूल बगैँचाको माली भएँ

 

मैले थापेँ, मैले ख्वाएँ अन्नपानी ,

खाएपछि फालिएको थाली भएँ

 

घुर्क्याउने, फकाउने यस्तै हुन्छ माया

मायालुको ओठमा सधैँ लाली भएँ

 

स्वाभिमानको छानो फाट् किन यहाँ

 बर्खामास चुहिरहने पाली भएँ


 

मिजास तेम्बे

प्रकाशित कृतिः प्यास नजरको ( गजल सङ्ग्रह)

शिक्षाः स्नातक

पुरस्कारः विभिन्न प्रतियोगिताहरूमा पुरस्कृत

सम्प्रतिः ब्रिटिस गोर्खा, ब्रुनाई