|
|
|
|
गजल --मिजास तेम्बे, सबैले लेख्छन्, पिउँदाको गजल । खोइ दमनमा जिउँदाको गजल ।
भारदारहरू अल्झिइरहे स्तुतिमा , छैन स्वभिमान सिउँदाको गजल ।
बहकिनु मात्र हुन्न चाहिँदो रै’छ , यी दसनङ्ग्रा खियाउँदाको गजल ।
मौन बस्ता हेप्छन् अझ, बोल अब साँचो र सत्य चियादाको गजल ।
बोल्न थालौँ, लेख्न थालौँ, गाउन थालौँ । बिहानी अर्कै ल्याउँदाको गजल ।
गजल
मागे जति सबै दिएँ, खाली भएँ म । कसले गर्यो बेइमानी यहाँ, जाली भएँ म ।
कुरा गर्छन् सबै साथी उन्नतिका दर्शकमाझ फगत यौटा ताली भएँ म ।
माटोसँग कर्म गर्छु, धर्म गर्छु । आफैँभित्र खिइरहने फाली भएँ म ।
कुरो हुन्छ चार जात र छत्तीस वर्ण बिनाफूल बगैँचाको माली भएँ म ।
मैले थापेँ, मैले ख्वाएँ अन्नपानी , खाएपछि फालिएको थाली भएँ म ।
घुर्क्याउने, फकाउने यस्तै हुन्छ माया । मायालुको ओठमा सधैँ लाली भएँ म ।
स्वाभिमानको छानो फाट्छ किन यहाँ । बर्खामास चुहिरहने पाली भएँ म । |
![]()
|
मिजास तेम्बे प्रकाशित कृतिः प्यास नजरको ( गजल सङ्ग्रह) शिक्षाः स्नातक पुरस्कारः विभिन्न प्रतियोगिताहरूमा पुरस्कृत सम्प्रतिः ब्रिटिस गोर्खा, ब्रुनाई |