Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms

लघुकथा

 

कर्फ्यु लागेको रात

-सकु थापा

 

      दिन सुनसान , अनि रात पनि त्यस्तै चकमन्नै बाहिर कतैकतै कुकुरहरूको एकोहोरो कराF मात्र सुनिन्छ   मानिसहरूको हर्कत कहीँकतै भेटिँदैन केवल सुरक्षाकर्मीहरूको गाडीको हुइँक्याइको आवाजबाहेक शून्य-शून्य लाग्छन् सबै कुराहरू बाहिर जति सुनसान भए पनि त्यसको ठीक विपरीत मेरो कोठा उनको असह्य वेदनापूर्ण चिच्याहटले अशान्त बन्न पुगेको उनको डेलिभरीको समय नजिकिँदै आएको स्वास्थ्यमा आएको गडबढीले उब्जेको पीडा हुनसक्छ यो एकातर्फ उनी पीडाले छट्पटाइरहेकी छिन् भने उनको पीडामा आत्तिएको छु

      रातको दस बजिसकेको हुन्छ नजिक फोन सुविधा नहुनु तथा फोन सेवा उपलव्ध गराउने पसलहरू पनि कर्फ्युले गर्दा बन्दै रहनु त्यसमा पनि आधा रात भइसकेको   उनको पीडादायी अवस्थाले आत्तिएको मन केही सोच्नै सकेको हुँदैन कुनै पनि हालतमा मैले उनलाई अस्पताल पुर्याउनैपर्छ, नत्र भने जे पनि हुनसक्छ कर्फ्युको अवस्थामा अत्यावश्यक कामले बाहिर निस्कनैपर्ने भएमा नजिकको सुरक्षाकर्मी वा शिविरमा समन्वय गरेर मात्र निस्कनु भन्ने सूचनाले मेरो मानसपटलाई घचघच्यायो अन्तिम उपाय पनि त्यही थियो मेरो लागि त्यस बेला उनीलाई पीडामुक्त गर्न जतिसक्दो छिटो अस्पताल पुर्याउनु थियो एम्बुलेन्स बोलाउन सुरक्षाकर्मीको सहयोगमा मात्र सम्भव हुने देखेर सुरक्षाशिविरतर्फ पाइला बढाउँछु रात पूर्णिमाकै थियो, केही परसम्म मानव-आकृतिहरू प्रस्ट देख् सकिन्थ्यो मेरो हर्कतलाई सुरक्षाशिविरमा कार्यरत सुरक्षाकर्मीले देखेर होला मलाई   "अट् .....! " भन्ने शब्द पुकारेको सुन्छु एकछिन उभिन्छु, तर पत्नीको पीडादायी छट्पटाहटको अवस्था देखेका नजर वेदनापूर्ण चिच्याहट सुनेका कान उभिरहनै दिँदैन त्यहाँ, जसरी भए पनि आफ्नो बाधा फुकाउन सुरक्षाशिविरभित्र प्रतिवेदन गर्न पुग्नु नै त्यसैले नरोकिई अगाडि बढ्छु ढ्याङको आवाजसँगै भुइँमा लड्न पुगेर छट्पटाउन थालिसकेँछु उता मेरी पत्नी पनि छट्पटाइरहेकी थिई होली।

-चरखण्डी, भक्तपुर