|
|
|
|
गीत तुलसी घिमिरे न्यो फूल मैले, कसरी टिपूँ, काँडा नै काँडा छ कसरी पुगूँ बादलु पारि डाँडा नै डाँडा छ।
बिहानमात्रै कोपिला थियो फूल आज फूलेछ सुटुक्क आई बगैँचाभित्र, भँवरा डुलेछ जुन गीत गाउँछु छेकिन्छ स्वर दुरीनै टाढा छ कसरी पुगूँ, बादलु पारि डाँडा नै डाँडा छ।।
चरीझैँ उडूँ, दौडेर पुगूँ, मन हुन्छ दोमन मन त थियो उडेर आउने आएनौ नभन बुझाउँछु मन मसँग तिम्रो, तस्विर छाया छ कसरी पुगूँ, बादलु पारि डाँडा नै डाँडा छ।।
|