|
|
|
|
राजकुमारीको चिट्ठी --जस योन्जन प्यासी
अक्षरअक्षरमा आशा र आस्था पोतेर शब्दशब्दमा सुनौला सपना सजाएर पङ्क्तिपङ्क्तिमा अनुरागको महक भरेर अन्तरवाञ्छालाई अनुबन्धन गर्न अनुनय गरिरहिछौ राजकुमारी ! तिमीले गजलको भाषामा जेबुनिस्सा1ले जस्तो
गहन अर्थहरूले गुम्फित तिम्रा मनोकामना र मनोभावनाका यो सन्देश कागज बुझ्ने बर्गत नै कहाँ ? सुन्दर अक्षर र हरफमात्र यो बबुरालाई
म तिम्रा शब्दशब्दलाई घोकेर कण्ठस्थ गर्नसक्छु तर अर्थ लाउन सक्तिनँ, म तिम्रा भावनाहरूलाई हृदयले प्रशंसा गर्नसक्छु तर वास्तविकतामा परिणत गर्न सक्तिनँ अभिनय गरेर कुनै राजकुमारको म कसरी स्वीकार गरूँ यो चिठी ! मर्यादा राख्ने ज्ञान र सामर्थ्यबिना यसको सायद तिमीले सुटुक्कै कुनै अकिल खाँ2लाई पठाएकी थियौ झुक्कलमा मकहाँ आइपुगेको हुनसक्छ मलाई माफ गर राजकुमारी ! मैले आत्तिएर खाम खोलिपठाए छु तिम्रो चिठीको दण्डै भोग्न पनि तयार छु राजकुमारी ! तर मलाई यो चिठीको ईप्सा अलपत्र परेको हेर्ने मनसाय छैन यसैले पठाउँदै छु तिमीकहाँ यो चिठी त्यहीँ पुगोस् भनेर लेखेकी थियौ तिमीले जसका निम्ति।
(साहित्यिक मासिक 'गरिमा'बाट साभार) |