Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


फर्केर हेर्दा

-नरदेवी राई

प्रिय जेनी,

सायद बिर्सिसकेकी हौली मलाई, सम्झनु पनि कसरी यति लामो अन्तरालसम्म, कहिल्यै पत्राचार गर्‍यौँ, कुनै खोजखबर नै घुयेँत्राले हानेको ढुङ्गोझैँ हानिएँ , तापनि सम्झना भने मरेको छैन मनबाट त्यसैले आज कलम उठाइरहेकी छु तिमीलाई अचम्म लाग्ला बिर्सिसकेको बेला कसले यस्तो दुस्साहस गर्‍यो भनेर सायद को हो भनी नाम हेर्न हतारिनेछौ यो मेरो अनुमान हो त्यसो नहुन पनि सक्छ

भन को हुँ चिन्यौ - तिम्री एकजना प्रशिक्षार्थी जसलाई तिमीहरू नरा भनेर बोलाउने गर्थ्यौ नि ! अझ सम्झना भएन भने सम्झ एकजना होची, पुड्की, सारीचोलो लाएकी जसले १९९० सेप्टेम्बरमा बोडोङ्गाको क्लाइड क्यामरन कलेजमा भएको दक्षिण एसियाली महिलाहरूका लागि एकमहिने शिक्षक सङ्गठन महिला-विकास विषयक तालिममा भाग लिएकी थिइन् प्रशिक्षणको क्रममा जसले नेपाली भाषामा शिक्षक शिक्षक-आन्दोलनको गीत गाउँदै जुलुस प्रदर्शन गरेकी थिइन् साथी कुन्ता शर्मासँग

'स्कुल कुरेर, गयो शिक्षकको आधा उमेर....'

अझै चिनिनौ भने भन्छु- एक दिन क्या प्रशिक्षणकै क्रममा शिक्षक-आन्दोलनमा प्रहरी-ज्यादतीको बेला टेबलमुनि लुकेर मैले कसरी आफ्नो सुरक्षा गरेकी थिएँ, तिमीहरू सबैजना कस्तरी हाँसेका थियौँ ! त्यतिमात्र होइन, पन्ध्र वर्षगाडिको नेपाल, त्यसमाथि एउटा पहाडी जिल्ला भोजपुरबाट अस्ट्रेलिया पुगेकी मैले डिपार्टमेन्ट स्टोरमा राखिएका राम्राराम्रा डमीहरूसँग बसेर फोटो खिचाउँदा पनि तिमीहरू हाँसेका थियौ हो जेनी, यी कुरा सम्झँदा अहिले मलाई पनि निक्कै हाँसो उठ्छ साँच्चै कति अबोध रहेछु त्यतिबेला ! त्यही मेरो अबोधपनमाथि तिमीहरूले निक्कै आनन्द लिएछौ तर अहिले मलाई पनि आनन्द लागिरहेछ कति रमाइलो अनुभूत भइरहेछ ती क्षणहरू सम्झँदा !

जेनी, अब पूरै सम्झना आयो होला हैन को हुँ भन्ने कुराको - जसले तिमीलाई बिदाइको बेला अँगालामा बाँध्दै 'आई कान्ट फगेट यु' भनेकी थिई, तिमीलाई कहिल्यै नबिर्सने वचन दिएर पनि उसले पूरै बेइमानी गरी, एउटा शब्दसम्म कहिल्यै कोरिन तिम्रो नाममा, हैन ? तर जेनी, शब्द कोर्नु मात्र ठूलो कुरा होइन रहेछ मलाई लाग्छ मनभित्र कुँदेर राख्‍नु सबैभन्दा ठूलो कुरो रहेछ मनभित्र कुँदेर राख्यो भने यसरी युगौंपछि पनि सम्झना फुर्दो रहेछ त्यसै भएर तिम्रो नाममा यी सारा शब्द पोखिरहेकी छु

अस्ति केही महिनाअगाडि हाम्रो देशको काठमाडौँमा पनि समलिङ्गीहरूले सामाजिक मान्यताको माग राख्तै प्रहरी-ज्यादतीको विरुद्धमा जुलुस प्रदर्शन गरे उनीहरूकै सङ्गठन 'ब्लु डायमन्ड'-नामक संस्थाको आयोजनामा मलाई तुरुन्तै तिम्रो याद आयो तिम्रो सुन्दर सहर मेलबर्नको पनि सम्झना आयो तिमीलाई पनि याद होला एक दिन क्या जब हामी मेलबर्नको डिपार्टमेन्टल स्टोरबाट निस्क्यौँ एक हूल मानिसहरू माइकिङ गर्दै अगाडि बढिरहेका थिए, उनीहरू को हुन् भन्दा तिमीले मलाई भनेकी थियौ लेस्बियनहरू अर्थात् समलिङ्गीहरू हुन्, कानुनी मान्यताको माग गरिरहेछन् उनीहरू भनेर तिम्रो यस भनाइ त्यो प्रदर्शनले मलाई अचम्भित पारेको मात्र होइन कौतुहल पनि जगाइदिएको थियो आखिर यसको औचित्य के हो ? प्रकृतिविरुद्धको यो लडाइँ कहिलेसम्म टिकिरहला ? तिमीले यो पनि भनेकी थियौ कि उनीहरू पारिवारिक बन्धनमा बाँधिन चाहन्नन् नै समलिङ्गी भएका हुन् जो समलिङ्गीहरूकै तर्क थियो तर जेनी, त्यस बेला मैले यसै भन्न केही सकिनँ तर अहिले मलाई लागिरहेछ यो सामाजिक विकृतिको एउटा उपज हो, प्रकृतिसँगको एउटा चरम अन्तरविरोध हो जसलाई मानिसले कहिल्यै पराजित गर्न सक्तैन त्यही पराजयलाई स्वीकारोक्तिको रूपमा यो देखापरिरहेको तिमीलाई कस्तो लाग्छ - के आज पनि तिम्रो देशमा उनीहरू सङ्घर्षरत छन् ? छन् भने तिम्रो सरकार आम जनमत कस्तो रहेको ?

त्यही दिनको अर्को एउटा घटना पनि मलाई आद आइरहेछ सायद तिमीले ख्याल गरिनौ होला तर मलाई भने त्यस परिघटनाले निक्कै नराम्ररी असर पारेको थियो मनमा थाहा जब हामी तिनै लेस्बियनहरूको प्रदर्शनपछि माथिल्लो चोकतर्फ लाग्यौँ एउटा डिपार्टमेन्टको अगाडि फुटपाथमा दुईजना दसबाह्रवर्षे केटाहरू चिउँडोमुनि भ्वाइलेन च्यापेर तार रेटिरहेका थिए   भुइँमा रुमाल ओछ्याइएको, त्यसमाथि केही सिक्का पैसाहरू छरिएका मलाई जिज्ञासा जाग्यो यिनीहरू के गरिरहेछन् भन्ने उनीहरू बटुवासँग पैसा मागिरहेका रहेछन् फाटफुट मान्छेहरू पैसा फ्याँक्तै जान्थे मलाई अचम्म लाग्यो निकैबेरसम्म हेरिरहेँ अरू सङ्गीतकारझैँ उनीहरू आफ्नो साङ्गीतिक टुनाभित्र लट्ठ भएका थिएनन् बरु कुन ग्राहकले कति पैसा दिने हो भनेर आँखा एकदम छिटो यताउता घुमाउँथे भ्वाइलेनको धुनले भन्दा मलाई त्यस गतिविधिले नमीठो गरी गाँज्यो मैले मेरो देशको बूढो गाइनेलाई सम्झेँ उसको सारङ्गीको धुनसँगै एउटा लोग्नेले आफ्नी स्वास्नी मारेको कथा सम्झेँ सिंहदरबार जलेको गीत पनि सम्झेँ तर त्यो कथा सुनाउने गाइने तिम्रो देशको जस्तो बालकलाकार थिएन बूढो सङ्गीतकार, कम्तीमा पचास-साठी वर्षको

तर तिम्रो देश जसलाई हामीले यति सुन्दर समृद्ध भनी ठानेका थियौँ त्यसलाई पनि त्यस रोगले नछाडेको देख्ता विश्वभरि नै उर्लिरहेको बालअधिकारको परिभाषा च्यात्‍न मन लागेको थियो ती अग्लाअग्ला महलहरू नतमस्तक भएर पृथ्वीभित्र बिलाएझैँ लाग्यो मैले यसो भन्दा सायद जेनी तिम्रो स्वाभिमानमा ठेस पुर्‍याइरहेकी हुँला तर यो मलाई लागेको कुरो सत्य हो आखिर जतिसुकै नाराबाजीको छाल उर्ले पनि खै कहाँ त्यसको किनारा रहेछ ? मेरो देशमा पनि अहिले बूढो गाइने मात्र होइन सडकबालकहरूको सङ्ख्या बढ्दो क्रममा चेलीबेटी-बेचबिखन उत्कर्षमा   महिला-हिंसाको रूप बदलिएको चरम मानसिक यातनाभित्र पिल्सिएका छन् महिलाहरू

तिमीले हामीलाई भनेकी थियौ- शारीरिकभन्दा मानसिक यातना बढी खतरनाक हुन्छ भनेर जसले व्यक्तित्वलाई भित्रभित्रै मकाइदिन्छ धमिराले मकाएको काठजस्तो हो जेनी, साँच्चै रहेछ ! अहिले नेपाली महिलाहरू विशेषतः उच्च मध्यम वर्गकाहरू यस स्थितिमा गुज्रिरहेका छन् मर्यादा प्रतिष्ठा उनीहरूले नै थाम्नुपर्ने भुसको आगो भएर थामिरहेछन् यस परिप्रेक्ष्यमा अहिले जेनी, मेलवा, जोइस मार्सल दबिनाहरूलाई सम्झिरहेकी छु जसले हामीलाई महिला-हिंसाविरुद्ध जोडदार पाठ सिकाएका थिए तर त्यसलाई लागू गर्न कहाँ त्यति सजिलो हुन्छ ? तिमीले सिकाएकी सामूहिक दबाव, मेलवाले सिकाएकी सामूहिक सौदेबाजीको प्रयोजन खै कहाँ हुँदो रहेछ , आम दृष्टिकोण नबदलिएपछि - 'खुट्टा भए जुत्ता हजार'को मानसिकताले निर्लिप्त पुरुषहरूको वर्चस्व अन्त्य नभइन्जेल यहाँ हजारौँ मैयादेवीहरू बुढेसकालसम्म घरको घाटको हुने स्थिति यथावत्

अँ, जेनी ! अब सर्न्दर्भ बदलौँ बिदाइको दिन तिमी निकै व्याकुल थियौ तिम्रो भावविह्वल आवाज करुण हृदयले मलाई पनि नराम्ररी आहत तुल्याएको थियो आफ्ना प्रियजनहरूलाई भेट्न आफ्नै घरतर्फलाग्दा पनि मेरो मन खुसीले बलेको थिएन बरु ओसिएको थियो त्यो भदौको तुवाँलो हुस्सुजस्तै झन् त्यसमाथि जब तिमीले क्लाइड केमरोन कलेजको आँगनबाट रुमाल हात हल्लायौ बिदाइको, मुटु नै हल्लिएझैँ लागेको थियो गाडीको रफ्तारसँगै हामी अगाडि बढ्यौँ, तिमी बिस्तारै भुइँकुहिरोभित्र छोपिँदै गयौ त्यो दृश्य अझै पनि मेरो आँखाअगाडि झलझली छँदै कति हृदयविदारक क्षण थियो त्यतिबेला ! तर रीतै हो जीवनको, जीवन मान्छेको भएपछि घामपानी सहनैपर्ने, उकालीओराली गर्नैपर्ने त्यसैले यसलाई अति स्वाभाविक मान्दै यही क्रममा जीवन चलिरहेछ, जीवन बहिरहेछ

२०६२ असोज ११, इटहरी, सुनसरी