|
|
|
|
गीत -रासा घुर्की देखाउँछ्यौ किन रोएजस्तो गरी वेदनाले चस्स मुटु छोएजस्तो गरी । कैलेकाहीँ जिन्दगानी अलि दुख्नसक्छ पलपल दुख्ने घाउ पछि सुक्नसक्छ । भनेजति सबै कुरा पुर्याएकै हो नि बाधाहरू टाढैतिर हुर्र्याएकै हो नि । एक्लै बस्छ्यौ कोठाभित्र दुःख अँगालेर अब भने मस्त हाँस्नू सुख सँगालेर । -पशुपति, देवपत्तन, काठमाडौँ
|